लिसंखुपाखर गाउँपालिका बाग्मती प्रदेश अन्तर्गतको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक स्थानिय तह ( स्थानिय सरकार) हो । यसको स्थापना वि.स. २०७४ साल मा भएको हो । नयाँ सविधान पछिको राज्य पून: संरचनाको क्रममा अर्थात संघियता कार्यान्वयनको क्रममा वि.स. २०७३ फाल्गुन २७ गते नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको सूचनाको आधारमा साविकको ठुलो धादिङ , अत्तरपूर , लिसंखु , जेठाल , पेट्कु र ठुलोपाखर गाउँ विकास समितीहरु समायोजन भई यस गाँउपालिकाको स्थापना भएको हो ।
कुल ९८.६१ वर्ग किलोमिटर क्षेत्रफल मा फैलिएको यो गाउँपालिकामा अहिले जम्मा ७ वटा वडाहरु रहेका छन ।लिसंखुपाखर गाउँपालिकाको पूर्वी सिमाना दोलखा जिल्ला सँग जोडिएको छ भने पश्चिम सिमाना सुनकोशी गाउँपालिका र काभ्रे जिल्ला सँग जोडिएको छ । त्यस्तै उत्तर सिमाना त्रिपूरा सुन्दरी गाउँपालिका र सुनकोशी गाउँपालिका सँग जोडिएको छ र दक्षिण सिमाना रामेछाप र काभ्रे सँग जोडिएको छ ।
जनसंख्याको विवरण
वि.स. २०६८ सालको जनगणना अनुसार गाउँपालिकाको जनसंख्या जम्मा १५१४३ थियो, जसमा ८०३२ महिला र ७१११ पुरुष थिए । त्यस्तै प्रती परिवार सदस्य संख्या ४ .११ र जनघनत्व १५३.५६ प्रती वर्ग किलोमिटर रहेको थियो ।
वि.स. २०७८ सालको राष्ट्रीय जनगणना अनुसार पालिकाको जम्मा जनसंख्या ११५६० रहेको छ , जसमा ५७१३ पुरुष हुन भने ५८४७ महिला हुन । त्यस्तै जम्मा जनगणना घर संख्या ३६०५ र परिवार संख्या ३७४६ रहेको छ ।
स्थानिय तह निर्वाचन - २०७९ अनुसार लिसंखुपाखर मा जम्मा मतदाता संख्या १६९७६ रहेको थियो, जसमा ८५४६ पुरुष र ८४३० महिला हुन । त्यस्तै यस निर्वाचनमा गाँउपालिका भरी १० वटा मतदान स्थल थियो भने २१ वटा मतदान केन्द्र रहेको थियो ।
शैक्षिक संस्थाहरुको विवरण
लिसंखु पाखर गाउँपालिकाको शैक्षिक क्षेत्रमा सामुदायिक विद्यालयको सबैभन्दा ठुलो योगदान रहेको छ । यहाँ २१ वटा बाल विकास केन्द्र , १५ प्राथमिक विद्यालय , ४ आधारभुत विद्यालय , १० माध्यमिक विद्यालय हरु रहेका छन । उच्च शिक्षाको लागी गाँउ को क्याम्पस बाहेक यहाँका विद्यार्थिहरु राजधानी लगायतका ठुला शहरमा जाने गर्दछ । गाउँपालिकाको जनसंख्याको अनुपात लाई हेर्ने हो भने यहाँ सबैको लागी पर्याप्त विद्यालय संख्याहरु छन ।
साक्षरता दर
वि.स. २०६८ को तथ्यांक लाई हेर्ने हो भने यहाँको जम्मा साक्षरता दर ६६.२९ % रहेको छ , जसमा ५८.०५ % महिला र ७५.७४ % पुरुष हुन ।
वि.स. २०७८ अनुसार साक्षरता दर सार्वजानिक भएको छैन ।
स्वास्थ्य संस्थाहरुको विवरण
लिसंखु पाखर गाउँपालिकाको प्राय सम्पूर्ण वडाहरुमा आधारभुत स्वास्थ्य चौकीहरु रहेका छन । जहाँ प्राथमिक / आधारभुत स्वास्थ्य उपचार हुने गर्दछ । यहाँ रहेको स्वास्थ्य चौकिहरुमा अत्तरपूर स्वास्थ्य चौकी , ठुलो धादिङ स्वास्थ्य चौकी , लिसंखु स्वास्थ्य चौकी , जेठाल स्वास्थ्य चौकी , डाँडा पाखर स्वास्थ्य चौकी पेट्कु स्वास्थ्य चौकी हुन ।जटिल प्रकार रोगहरुको उपचारको लागी यहाँका मानिस हरु खाडिचौर , धुलिखेल र राजधानी काठमाडौँ सम्म आउने गर्दछ ।
खेती योग्य जमिनको विवरण
यस गाउँपालिका कुल भुभागको करिब ३६७८ हेक्टर क्षेत्रफल खेती योग्य रहेको छ । यहाँका मानिसको मुख्य पेशा खेतिपाती , पशुपालन हो । खेती योग्य जमिनमा आलु , विभिन्न तरकारी , सुन्तला , टिमुर , जुनार , अम्बा , एभोकाडोँ , गहुँ , जौ , कोदो , मकै , फापर , दल हन , तेल हन ,लगायतका बाली हरुको उब्जनी हुन्छ ।
वन जंगल
लिसंखुपाखर गाउँपालिकाको अधिकांश भुभाग मा वन जंगल फैलिएको छ । कुल क्षेत्रफल मध्य करिब ६० वर्ग किलोमिटर अर्थात ६१ प्रतिशत जमिनमा विभिन्न किसिमका वन जंगल फैलिएको छ । धेरै क्षेत्रफल जंगलले ढाकेको हुनाले यसको संरक्षणको निमित्त सामुदायको पहल र सकृयतामा पालिका भरी करिब ५४ वटा सामुदायिक वनको विकास गरिएको छ । यहाँको जंगलमा विभिन्न किसिमको वनस्पती , जडिबुटी , जनावार आदी पाइन्छ ।
धार्मिक तथा पर्यटकिय स्थलहरु
हरेक ठाँउको आर्थीक, सामाजिक , भौतिक विकासमा यहाँ रहेको धार्मिक तथा पर्यटकिय स्थलले महत्त्वपूर्ण भूमिका खेल्छ । यस्ता स्थल हरुले मानविय क्रीयाकलापहरु लाई बढवा दिन मद्धत गर्दछ । यहाँको पर्यटकिय स्ठलहरुमा लिसंखु , ठुलो पाखर , ठुलो धादिङ , पेट्कु , वाफल , मुडे , अत्तरपूर लगायत पर्दछ । छ्योइफेल कुन्देलिङ गुम्बा , सेती देवी मन्दिर आदी यहाँको मुख्य धार्मिक स्थलहरु हुन ।
