हेलम्बु गाउँपालिका वडा नम्बर ३ अन्तर्गत साविकको पाल्चोक गाविस (१-९) पर्दछ । वि .स .२०६८ सालको जनगणना अनुसार यस वडामा १९२७ (महिला ९७५, पुरुष ९५२) जनसंख्या र घरधुरी संख्या ४८९ रहेको थियो । यस वडाको पुर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका र पश्चिममा वडा नम्बर ६ र ७ पर्दछ । त्यस्तै उत्तरमा यसै गाउँपालिकाको वडा नम्बर १ र पाँचपोखरी थाङपाल गाउँपालिका पर्दछ भने दक्षिणमा वडा नम्बर ३ पर्दछ । यो वडामा तामाङ, ह्योल्मो, कामी , दमाइ, सार्की , क्षेत्री, ब्राम्हण, नेवार लगायत समुदायको बसोबास रहेको छ । यहाँका मानिसहरु दशै तिहार , तिज ,जनै पूर्णिमा , बुवाको मुख हेर्ने दिन , नाग पन्चमि  , माघे सक्रान्ती लगायतका चाडपर्वहरु मनाउने गर्दछ ।

विद्यालयहरु

श्री जयवागेश्वरी माध्यमिका विद्यालय , पाल्चोक

श्री ककनी माध्यमिका विद्यालय , ककनी

श्री इसिङ आधारभुत विद्यालय, इसिङ

स्वास्थ्य संस्था

पाल्चोक स्वास्थ्य चौकी, पाल्चोक

 धार्मिक तथा पर्यटकिय स्थलहरु

 पाल्चोक भगवतीथान मन्दिर (यस मन्दिरमा भाकाल गर्दा मनको इच्छा पुरा हुने विश्वास विश्वास छ)

ककनी (रमणीय हिमश्रृंखलाको दृश्यावलोक गर्न सकिने)